महेन्द्रनगर बजारमा एक युवक मृत फेला


 


कञ्चनपुर, मंसिर १२
कञ्चनपुरको महेन्द्रनगरमा एक जना युवक मृत फेला परेका छन् । महेन्द्रनगर बजारमा रहेको भानु पाटी प्यालेस नजिकै शुक्रबार बिहान युवक शव भेटिएको हो ।

घाँटीमा टेलिफोनको तारले बेरिएको अवस्थामा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए । उनले उक्त शवको पहिचान हुन नसकेको बताए ।

उनकाअनुसार घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली र तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्