रुपन्देहीका छुट्टाछुटै स्थानमा तीन पुरुष मृत फेला


 


बुटवल, मंसिर १९
रुपन्देहीका छुटाछुट्टै ठाउँमा तीन जना पुरुषको शव फेला परेको छ। रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी तीन जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

यता मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्