बालुवाटारमा ओली–प्रचण्डबीच एकल भेटवार्ता


 



काठमाडौं, मंसिर २०
प्रधानमनत्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एकल भेटवार्ता भएको छ । दुई नेताबीच २५ दिनपछि एकल भेटवार्ता भएको हो ।

उनीहरुबीच लामो समय यता एक्लाएक्लै भेट भएको थिएन । पछिल्लो पटक २५ कात्तिकमा उनीहरुबीच वान टु वान भेट भएको थियो ।

आज नेकपाको सचिवालय बैठक बस्नुअघि यी दुई जनाबीच बालुवाटारमा भेट भएको हो । पछिल्लो समय नेकपामा यी दुई अध्यक्षबीच आरोपप्रत्यारोपको श्रृङ्खला चलिरहेको छ ।

२८ कार्तिकमा नेकपा सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र उनलाई १० मंसिरमा ओलीले दिएको जवाफी प्रतिवेदनका कारण अहिले नेकपा विभाजनको संघारमा पुगेको छ ।

प्रकाशित मिति: २० मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्