कोरोना संक्रमणबाट पोखरामा तीनजनाको मृत्यु


 



काठमाडौं, मंसिर २०
कास्कीको पोखरामा कोरोना संक्रमणबाट आज तीनजनाको मृत्यु भएको छ ।

फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनकाअनुसार पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका–१२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२ः१५ बजे र सोही महानगरपालिका–११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८ः४५ बजे मृत्यु भएको हो ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा. शर्माले बताए । उनी मधुमेहका बिरामी समेत थिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६ पुगेको छ ।

प्रकाशित मिति: २० मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्