२४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज


 



काठमाडौं, मंसिर २०
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा देशभर २२०६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी शनिबार काठमाडौं उपत्यकामा ४६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना रहेको छ ।

यस्तै देशभर सक्रिय संक्रमित १४ हजार २५५ जना रहँदा निको हुने दर ९३।४ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट कुल १५७७ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति: २० मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्