स्थायी समिति बैठक प्रभावित, रावल र भुसाल हस्ताक्षर बोकेर शीतल निवासमा


 



काठमाडौं, पौष १
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रभावित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै आयोजना गरिएको बैठमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली सहभागी नभइदिएपछि बैठक प्रभावित भएको हो ।

बैठक प्रभावित भएपछि नेकपाका दुई नेता संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षरसहित शितल निवास पुगेका छन् । स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेको बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले नेताहरु राष्ट्रपतिलाई भेट्नका लागि शीतल निवास आएको पुष्टि गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ ।

यही विवादका कारण स्थायी समिति बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेको बताइएको छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्