लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ


 


काठमाडौँ, फागुन २२
महानगरीय प्रहरी वृत्त थानकोटले लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ ।

शुक्रबार साँझ महानगरीय प्रहरी प्रभाग नागढुंगामा १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो ।

उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: २२ फाल्गुन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्