‘केपी ओलीले सत्तामा बस्ने हैसियत गुमाइसके’


 


काठमाडौँ, चैत्र २
जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् ।

पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले ठोस निर्णय भने गर्न सकेको छैन।

सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘अझै पनि समय छ,नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडुन् ‘

उनले दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे भन्दै नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त ? भन्दै प्रश्न समेत खडा गरेका छन्।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्