जबरजस्ती करणीबाट १३ वर्षीया बालिका गर्भवती, युवक पक्राउ


 



स्याङजा, चैत्र २
स्याङजामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

जिल्लाको हरिनाश गाउँपालिका–७ अर्गली बस्ने ३३ वर्षीय भेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्