आजको मौसम पूर्वानुमान


 


काठमाडाैँ, चैत्र ३
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज बिहान देशका पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसोको मौसमको अवस्था पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली हुनसक्ने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

भने, देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ।

रातिमा देशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्