बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु


 



बर्दिया, चैत्र ३
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लिएको हो । उनको खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

महिलाको अगाडिको आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्