कस्तो रहनेछ आजको मौसम ?


 


काठमाडाैँ, चैत्र ५
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्