आज काठमाडौंका १२ भन्दा बढी ठाउँमा विद्युत कटौती हुने


 



काठमाडौं, चैत ७
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आज केही समय विद्युत कटौती हुने भएको छ ।

बानेश्वर वितरण केन्द्र अन्तर्गतको कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कुल, सीसीआरसी कलेज, सूर्यकोट गेटसम्म बिजुली जाने प्राधिकरणले जनाएको छ । 

यी ठाउँमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । उसका अनुसार सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काट्न लागिएको हो । 

यस्तै, बत्तीसपुतली क्षेत्रमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म ८ घण्टा बिजुली नआउने प्राधिकरणले जनाएको छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगङ्गा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा पनि लाइन मर्मत गर्न बिजुली काट्न लागिएको सूचनामा उल्लेख छ । 

प्राधिकरणका अनुसार आज देशका अन्य ठाउँमा पनि लाइन मर्मत गर्न बिजुली कटौती गरिनेछ ।

प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्