सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ


 



धनगढी, चैत्र ९
कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वाँरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९र११र३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिएर मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए।

खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको बताएको छ।

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्