थप १५० जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु


 



काठमाडौं, चैत्र ९
नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १९ पुगेको छ ।

आज कोरोनाबाट थप तीन जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०१७ रहेको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्