मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु


 



अछाम, चैत्र १०
मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर अछाममा एक किशोरीको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षीया किशोरी सपना नाथको मृत्यु भएको हो। सोमबार राती ९ बजेतिर मोवाईल चार्ज गर्ने क्रममा किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी सपनालाई उपचारका लागि राती जिल्ला अस्पताल अछाममा लगिएको थियो। अस्पतालले राति नै मृत घोषणा गरेको थियो। सपना स्थानीय कुन्ति माविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्