चट्याङ लागेर बालकको मृत्यु, घरमा क्षति


 



बागलुङ, चैत्र ११
बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ नेटाखर्कमा मंगलबार साँझ चट्याङ लागेर अमरे विकका ८ वर्षीय छोरा खिम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

विक घरमै बसेको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले जानकारी दिए।

उनका अनुसार चट्याङ्ले घरमा पनि सामान्य क्षति गरेको छ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्