टियुशन पढ्न जानेक्रममा भिर लडेर एक छात्राको मृत्यु


 



बझाङ, चैत्र ११
ट्युसन पढ्न जानेक्रममा बझाङमा भिरबाट लडेर एक जना छात्राको मृत्यु भएको छ। जिल्लाको तलकोट गाउँपालिकामा–४ कि १६ वर्षीया मिउजला बोहोराको लाग्नेपाड भन्ने भिरबाट लडेर मृत्यु भएको हो ।
उनी सोही गाउँपालिकाको दुर्गा भवानी माविमा कक्षा ७ मा अध्ययनरत थिइन्। ट्युसन पढ्न हिँडेकी मिउजला भोलिपल्टसम्म घर नफर्केपछि आफन्तहरूले खोजी सुरु गरेका थिए । गाउँका साथीहरू र विद्यालयमा सोधी खोजी गर्दा विद्यालय नपुगेको र सार्थीहरुसँग पनि नगएको थाहा भएपछि उनको खोजी गर्दा भिर नजिकै उनको चप्पल भेटाइएको थियो।

चप्पल भेटिएको आधारमा खोजी गर्दै जाँदा भिरबाट करिब हजार मिटर तल टाउको र शरीरका विभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा उनको शव फेला पारेको तलकोट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता मन बहादुर घर्तीले जानकारी दिए।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्