बाँसको झ्याङमा लिएर बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ


 



झापा, चैत्र ११
झापामा बाँसको झ्याङमा लिएर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ।

बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका–१० बस्ने २४ वर्षीय गणेश चौधरी र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय रविन बिकलाई पक्राउ गरेको जनाएको छ ।

शिवसताक्षी नगरपालिका–७ रुदिलास्थित केराघारी बाँसको झ्याङमा आइतबार उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए । घटनामा संलग्नहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्