भारतमा कोरोनाको अर्को डरलाग्दो रुप भेटियो


 



काठमाडौं, चैत १२
भारतमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट’ भेरियन्ट देखिएको छ । यो नयाँ भेरियन्टमा दुईवटा म्युटेसन भएका भेरियन्ट एकै ठाउँमा आएका छन् ।

भारतका १९ राज्यमा संकलन गरिएका १० हजार ७८७ नमूनामा ७७१ जनामा ७३६ जनामा बेलायत, ३४ जनामा दक्षिण अफ्रिका र एक जनामा ब्राजिलको भेरियन्ट पनि फेला परेको छ ।

स्वास्थ्य अधिकारीहरुले नयाँ​ भेरियन्ट थप संक्रामक बनेको वा यसमाथि खोपले कति असर गर्छ भन्नेबारे अध्ययन गरिरहेका छन् ।

अधिकारीहरुले यही भेरियन्टकै कारणले मात्र भारतमा संक्रमितको सङ्ख्या नबढेको बताएका छन् ।

बुधबार भारतमा एकै दिन ४७ हजार २६२ जना संक्रमित फेला परेका थिए भने २७५ जनाले ज्यान गुमाएका थिए । यो संख्या एक वर्ष यता कै उच्च हो ।

सरकारका अनुसार गत वर्षको डिसेम्बरको तुलनामा पश्चिम महाराष्ट्रमा संकलन गरिएका नमूनामा ई४८४क्यू र एल४५२आर म्युटेसनको सङ्ख्या बढी भएको पाइएको छ । यस्तो डबल म्युटेसन हुनु निकै डर लाग्दो अवस्था हो । तर, आश्चर्यजनक पनि होइन ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्