छोराछोरीसहित कर्णालीमा हाम फालेकी सुकीका भाईले दिए भिनाजुविरूद्ध मुद्दा


 



दैलेख, चैत्र १२
कणाली नदीमा छोराछोरीसहित हाम फालेकी दैलेखको आठबिसकोट नगरपालिका–३ निमायलकी सुकी बडुवालका भाईले भिनाजुविरुद्ध मुद्दा दायर गरेका छन् ।

उनका भाइ बजिरबहादुर थापाले ४३ वर्षीय भिनाजु मानसिंह बडुवाल जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत ४ गते ज्यानसम्बन्धी कसुर (आत्महत्या दुरूत्साहन) मुद्दा दिएको प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले जानकारी दिए।

मुद्दाको आधारमा बडुवाललाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। फागुन २३ गते सुकी बडुवाल, आफ्ना छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षीया रजनी र ९ वर्षीय छोरा ललित बडुवाललाई लिएर घरबाट हिँडेकी थिइन्।

दैलेख र अछामको बीचमा पर्ने कर्णाली नदीमा डुबेको अवस्थामा उनीहरूको शव भेटिएको थियो। २४ गते बेलुका छोरीहरू कल्पना र सरिताको शव भेटिएको थियो भने त्यसको भोलिपल्ट बिहान आमा सुकी र उनका छोरा ललितको शव भेटिएको थियो।

कान्छी छोरी रजनीको शव भने त्यसभन्दा करिब ९ किलोमिटर तल असालाघाटमा भेटिएको थियो। पोष्टमर्टम रिपोर्टअनुसार सुकीको पेटमा २ महिनाको बच्चा देखिएको थियो।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्