कस्तो रहनेछ आजको मौसम ?



काठमाडौं, चैत्र १५
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भु -भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भू -भागमा मौसम सामान्यतया सफा रहेको छ।

आईतबार देशका पहाडी भू -भागमा आंशिक बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा रहने छ । अपराह्न पश्चात देशका पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू -भागहरुमा आंशिक बदली रहने छ। देशको पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू -भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू -भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News