देशभर ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह




काठमाडौं, बैशाख ३
आज काठमाडौं उपत्यकासहित देशभर ठूलो हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार र शनिबार दुई दिन देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।

उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ।

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ,’ उनले भनिन्, ‘बाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला ।’

अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरीरचट्याङ यसैगरी अचानक हुने उनले बताइन्।

देशका विभिन्न स्थानमा लागेको ढडेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन्।

अरू दुई दिन देशभर ठूलो हावाहुरी, मेघगर्जनको सम्भावना देखिए पनि हल्काबाहेक ठूलो वर्षाको सम्भावना भने नदेखिएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News