एकैदिन एक हजार बढीमा कोरोना पुष्टि, उपत्यकामा अधिक


 



काठमाडौं, वैशाख ५
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा कुल ५ हजार ८४ नमुना परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनाको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्