टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु


 



काठमाडौं, वैशाख २४
उदयपुरमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर सुनसरीको धरान–५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।

धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको सुमोमा चढेका उनी हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भीरमा टिकटक बनाउन थालेको प्रहरीले जनाएको छ। टिकटक बनाउँदै गर्दा भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए।

घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी भीमप्रसाद दाहालले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्