देशभर थप ८६३६ जनामा संक्रमण पुष्टि, ६४०४ जना संक्रमणमुक्त


 



काठमाडौं, जेठ ११
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जना गरी ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। उनीहरुमध्ये ४ लाख ४ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका हुन् । सोही अवधिमा देशभर १६९ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म ६ हजार ७०० को मृत्यु भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्‍चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्