पार्टी फुटाएर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गरिएको छ : महासचिव पोखरेल


 


काठमाडौं, भदौ ३
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी फुटाएर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै एमाले पार्टी फुट्नु एमालेको आन्तरिक जीवनमा मात्र नभई नेपालकै कम्युनिष्ट आन्दोलन तथा मुलुकमा लोकतान्त्रिक राजनीतिक आन्दोलनमा कालो धब्बा लगाउने काम भएको बताए ।

पार्टीलाई एकतावद्ध बनाउने अनेक प्रयत्न गरिएको भएपनि ति प्रयासका बाबजुद यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम गरिएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

उनले केही मानिसहरू कुण्ठा तथा बदलाको भावना बोकेर बाहिरिदैमा फरक नपर्ने भन्दै धैर्यता नगुमाउन देश, विदेशमा रहेका नेता, कार्यकर्ताहरुलाई अपिल समेत गरेका छन् ।

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्