बागमती, गण्डकी र प्रदेश १ का केही स्थानमा भारी बर्षाको सम्भावना


 


काठमाडौं, साउन ७
आज देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्