यस्तो बन्ने भयो एमालेको पदाधिकारी र केन्द्रिय कमिटी


 


चितवन, मंसिर ११
नेकपा एमालेको पदाधिकारी संख्या बढेको छ । अब उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ ।

त्यस्तै केन्द्रिय कमिटीको आकार समेत बढ्ने भएको छ । अब एमालेले ३०१ सदस्यीय बनाउने केन्द्रिय कमिटी बनाउने भएको छ ।

सौराहामा आयोजित पार्टीको अन्तिम केन्द्रिय कमिटी वैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन समेत गर्ने भएको छ ।

विधान महाधिवेशनमा पोलिटब्यूरो हटाएको थियो । ४५ सदस्यीय स्थायी समिति भने यथावत रहने छ । एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् ।

प्रकाशित मिति: ११ मंसिर २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्