लोक सेवा आयोगद्धारा शाखा अधिकृतका सबै विज्ञापन स्थगन


 


काठमाडौँ, पौष २०
लोक सेवा आयोगले शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित सबै विज्ञापन स्थगन गरेको हो ।

तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुला तथा समावेशी समूहका सबै विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।

यसमा अहिलेलाई आवेदन लिन बन्द गरिएको आयोगको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्