आज धरान जाँदै प्रधानमन्त्री देउवा, धरानमा आज सार्वजनिक बिदा



काठमाडौं, पौष २०
प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान जाँदैछन् । ‘धरान डे’मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ ।

देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी हुनेछन् । दिवसका अवसरमा आज धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएकाे छ ।

देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवन पनि उद्घाटन गर्ने कार्यक्रम पनि छ । त्यसबाहेक धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्र र धरान-१२ स्थित प्राविधिक शिक्षालय भवनको उद्घाटन तथा धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकनकाे कार्यक्रम पनि तय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News