सर्वोच्च अदालत खुल्नुअघि नै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न


 


काठमाडौं, वैशाख १९
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै छन् ।

गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न प्रदान गर्नेछ । सरकारले आइतबार सिंहलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सिंहको बढुवामा अर्का एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका छन् । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने उनीहरुको तयारी छ ।
अदालतमा आज रिट परेर आज नै पेशी तोकिए सर्वोच्चले दर्ज्यानी चिह्न लगाउनै रोक्न सक्ने भएकाले बिहानै कार्यक्रम तय भएको बुझिएको छ ।

यसअघि सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्दा सर्वोच्चले रोक लगाएको थियो । यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि आज दर्ज्यानी चिह्न लगाउने भएका छन् ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्