सुटुक्क नेपाल आएका राहुल गान्धी ठमेलको एलओडीमा देखिए


 


काठमाडौं, वैशाख २०
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगेका छन् ।

सोमबार अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा उत्रेका उनी एलओडीमा मध्यराति ११ बजेर ४५ मिनेटमा पुगेका हुन् ।

उनी क्लबमा करिब डेढ घण्टा बसेका थिए। गान्धी बिना सुरक्षा गार्ड क्लबमा पुगेका थिए । करिब २५ जनासहित उनी त्यहाँ पुगेका थिए । उनी त्यहाँ अलर्फट होटलबाट त्यहाँ पुगेका हुन् । गान्धीको सम्पूर्ण सुरक्षा व्यवस्था क्लबकै सुरक्षा गार्ड मिलाएका थिए ।

गान्धी क्लबको भिआइपी सेक्सनमा उभिए । क्लब भित्रको लाइट र संगीतसँगै केही क्षण हल्लिएको पनि देखिन्थे । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहका लागि नेपाल आएका हुन् ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्