दाङमा बाढीले बगाउँदा किशाेरीको मृत्यु


 


दाङ, वैशाख २०
दाङमा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ ।

बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ ।

बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएकाे थियाे । तर उनकाे ज्यान गएकाे छ ।

उनी हापुरे मावि पदमपुरमा कक्षा १० मा अध्ययनरत थिइन् ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्