यस्तो छ आजको मौसम पूर्वनुमान


 


काठमाडौं, असार २३
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोही अनुसार आज बिहान प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ । बिहीवार रातिसम्म देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्