एटीएम मेसिन फोरेर १५ लाख चोरी


 


कास्की, साउन ६
पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटिएममा १७ लाख रुपैयाँ राखेकामा दुई लाख रुपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्