चीनको उत्तरपश्चिमी प्रान्तमा पहाड खस्दा ९ जनाको मृत्यु


 


एजेन्सी, साउन ८
चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ ।

बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११ः१५ बजेतिर खसेको हो ।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् । उनको खाजी कार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्