आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध


 


काठमाडौं, साउन ८
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ का केही भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।

उक्त क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अन्य भ–ूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश–१ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभरआंशिकदेखि सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्