पूर्वअर्थमन्त्री जनार्दन प्रकरण : सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट हेर्दै छानबिन समिति


 


काठमाडौं, साउन १०
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बस्दैछ । बजेटमा करका दर परिवर्तन गरेको र अर्थ मन्त्रालयको सीसीटिभी फुटेज गायब बनाएको आरोप लागेका शर्मामाथि आरोप छ ।

आज विहान ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने बताइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको त्यो सिलबन्दी तोडेर समिति सदस्यले आज अध्ययन गर्ने भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट हिजो छानबिन समितिलाई बुझाइसकेको छ ।

असम्बन्धित व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै संसदले गत २२ असारमा ११ सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । सुरुमा समितिलाई १० दिनको समय दिइएको थियो । दोस्रो पटक थपिएको ७ दिनको समयमध्ये तीन दिन बितिसकेको छ ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्