नेपाली बैंकले चीनमा जिते डेढ अर्बको मुद्दा


 


काठमाडौं, साउन १८
अन्ततः १० वर्षपछि हिमालयन बैंक तथा बैंक अफ काठमाण्डू (बिओके) ले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा जितेका छन् ।

लामो कानुनी लडाईपछि मुद्दा जितेको तथा अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

‘सायद १० दिनभित्रमा जमानत रकम फिर्ता हुन्छ होला’, राणाले भने ।

यो फैसलासँगै दुवै बैंकले काउन्टर ग्यारेन्टीबापत मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको जमानत रकम फिर्ता पाउने भएका छन् । कारोबार दैनिकबाट

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्