तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य


 


काठमाडौं, भाद्र २१
नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो ।

यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ थियो ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्