नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो


 


काठमाडौं, कार्तिक २
अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी मुद्राको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो ।

विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्