अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड


 


काठमाडौं, कार्तिक ३
नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ ।

डलरको भाउ हिजो १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर आज अहिलेसम्मकै उच्च भएको हो ।

प्रकाशित मिति: ३ कार्तिक २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्