लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य


 


काठमाडौं, कार्तिक २५
मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ ।

नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुवा हुनेछ ।

बोर्डले निर्देशिका प्रारम्भ हुनुअघि मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्य शेयरको कारोबार फुकुवा हुनुपर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाबमोजिम आधारभूत शेयरधनीबाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न विवरणसहित धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायक संस्था (सीडीएससी) समक्ष निवेदन पेश गर्नुपर्नेछ । आर्थिक अभियान दैनिकबाट

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्