खालिस्तान अभियन्ता अमृतपाल नेपाल पसेको आशङ्का


 


काठमाडौं, चैत्र १३
गृह मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रका भूभागमा उच्च सतर्कता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल-भारत सीमा क्षेत्र ‘हाई अलर्ट’मा राखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

भारतमा खालिस्तान नामक अलगै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल आएको वा आउन सक्ने सम्भावना बढेको भन्दै त्यस्तो निर्देशन दिइएको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्युरो र सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत सीमित प्रहरी अधिकारीहरू नेपाल(भारत सीमा क्षेत्रमा पुगिसकेका छन् ।

सो विषयमा विशेष ब्युरोले आजै मात्र कार्यभार सम्हालेका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरलाई रिपोर्ट गरिसकेका छन् । नागरिक दैनिकबाट

प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्