आज सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडाैं, चैत्र २६
आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा नै कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि स्थिर रहदै प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको छ।

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्