आजको मौसम : यी चार प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना


 


काठमाडौं, चैत्र २८
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण यतिबेला देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

यस क्रममा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ ।

बुलेटिनअनुसार राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्