गुन्डा नाइके चक्रे मिलनका बडिगार्ड बन्दुकसहित पक्राउ


 


काठमाडौं, चैत्र २८
गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को समूहका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले बाँकेको चिसापानीका गणेशबहादुर बोगटीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशस्थलबाट हतियाधारी बोगटीलाई गरिएको हो । बोगटीको साथबाट प्वाइन्ट टु टु हतियार समेत बरामद गरिएको छ ।

सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०र१२ जना युवक देखिन्छन्। तीमध्ये बोगटीले हतियार बोकेका हुन् ।

यता वसन्त बहादुर कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्ति भएसँगै गुण्डा नाइकेहरु पुनः सल्वलाउन थालेका छन् । प्रहरी प्रमुख भएलगत्तै गुण्डागर्दी र प्रहरीभित्रको कमी कमजोरी सुधार्ने वाचा खाएका आईजीपी कुँवरमाथि गुण्डा नाइकेहरुको गतिविधिहरुले चुनौति थपिएको प्रष्टै भएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्