काठमाडौँमा ऊर्जा सम्मेलन आजदेखि, ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने


 


काठमाडौं, वैशाख ५
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालको आयोजनामा आज र भोलि काठमाडौंमा उर्जा सम्मेलन हुँदैछ । ‘हरित उर्जाको बजार विस्तारिकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन हुन लागेको हो ।

समिटको संरक्षक उर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गर्ने ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदै छन्।

सो सम्मेलनमा ऊर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ।

यसमा विद्युत् उत्पादक, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गरिरहेका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्