आजको मौसम : पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना


 


काठमाडौं, वैशाख ९
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले यतिवेला कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ।

अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसको जोखिमबाट बच्न आवश्यक सतर्क हुन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्